काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २७ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ११.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११.०५२६ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।