काठमाडौं : भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्रान्ड जेलियोले अब नेपालमा पनि व्यावसाय विस्तार गरेको छ । यही असोज २६ गते सोमबार एक कार्यक्रमका बिच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेलियो को पहिलो स्वरुम उद्घाटन गरेका हुन । जेलियो लाई नेपालमा गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रालीले भित्र्याएको हो ।
नेपालमा विद्युतीय सवारीसाधन बजारमा विस्तार भइरहेका बेला जेलियो इलेक्ट्रिक स्कुटरले ले आफ्नो उपस्थिति विस्तार गर्दै आधुनिक, किफायती तथा वातावरणमैत्री व्यक्तिगत यातायातको नयाँ विकल्प प्रस्तुत गरेको जनाएको छ।
सर्वसाधारणहरूको दैनिक आवागमनलाई सहज, किफायती र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ जेलियोले विभिन्न मोडलका इलेक्ट्रिक स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ।
जेलियो इलेक्ट्रिक स्कुटरमा आकर्षक तथा आधुनिक डिजाइनसँगै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च दक्षताको इलेक्ट्रिक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ, राम्रो स्टोरेज क्षमता तथा सुरक्षा सुविधाहरू जस्ता विशेषताहरू रहेको जनाइएको छ ।
नेपालमा बढ्दो विद्युतीय सवारीसाधनको मागलाई ध्यानमा राख्दै जेलियोले ग्राहकलाई कम सञ्चालन खर्च, वातावरणमैत्री यात्रा र आधुनिक प्रविधिको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।
जेलियो इभी स्कुटर खरिद गर्ने ग्राहकहरूका लागि कम्पनी तथा आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध मोडल र योजनाअनुसार फाइनान्स तथा एक्सचेन्ज सुविधा, टेस्ट राइड सुविधा तथा बिक्रीपछिको सेवा तथा मर्मत सम्भार र स्पेयर पार्ट्स तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ।
कम्पनीका प्रतिनिधिका अनुसार, “नेपालमा विद्युतीय मोबिलिटीको प्रयोग बढिरहेको अवस्थामा जेलियोले ग्राहकको आवश्यकता, बजेट र दैनिक प्रयोगलाई ध्यानमा राखेर आधुनिक तथा किफायती इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने लक्ष्य राखेको छ। ग्राहकलाई गुणस्तरीय उत्पादनसँगै भरपर्दो सेवा र सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो।”
जेलियो इलेक्ट्रिक स्कुटर आगामी दिनमा नेपालका विभिन्न प्रमुख सहरहरूमा आफ्नो बिक्री तथा सेवा नेटवर्क विस्तार गर्दै विद्युतीय मोबिलिटीलाई थप सहज र पहुँचयोग्य बनाउने योजना अघि सारेको छ।