वाणिज्य बैंकहरुले दुई महिनामा कमाए साढे १७ अर्ब बढी नाफा, अर्ब क्लबमा आठ बैंक 

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए साढे १७ अर्ब बढी नाफा, अर्ब क्लबमा आठ बैंक 

काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकहरुले साढे १७ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म बैंकहरुले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा कमाएका हुन् । 

Sponsored Advertisement

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशतले बढी हो । गत वर्षको भदौ मसान्तसम्म बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा आइपुग्दा १३ बैंकहरुको नाफा बढेको छ भने सात वटाको नाफा घटेको छ । सर्वाधिक नाफा बढाउनेमा हिमालयन बैंक रहेको छ । बैंकको नाफा गत वर्षको तुलनामा ५५.१३ प्रतिशतले बढेको हो ।  

यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । चालु आवको भदौ मसान्तसम्म बैंकले एक अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा कमाएको हो । जुन गत वर्षको तुलनामा ३५.८३ प्रतिशतले बढी हो ।

गत वर्ष एक अर्ब १६ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको ग्लोबल आईएमई बैंकले यस अवधिमा एक अर्ब ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन ४.०७ प्रतितशले बढी हो ।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाण्ज्यि बैंकको नाफा २५.३१  प्रतिशतले बढेको छ भने सानिमा बैंकको नाफा ४२.१५ प्रतिशतले बढेको छ । त्यस्तै प्रभु बैंकको नाफा १०.१३ प्रतिशत र नेपाल एसबिआई बैंकको नाफा १७.३२ प्रतिशतले बढेको छ । 

सात बैंककाे नाफा घट्याे  

भदौ मसान्तसम्म आइपुग्दा सात वाणिज्य बैंकहरुको नाफा घटेको छ । यस अवधिमा आइपुग्दा कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड, सिद्धार्थ, नेपाल बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज र सिटिजन्स बैंक इन्टरनेशनलको नाफा घटेको हो ।

राष्ट्र बैंकका अनुसार चालु आवको यस अवधिमा बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ६.११ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले १८ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा वाणिज्य बैंकहरुको नाफा १७ अर्ब ८१ करोड, विकास बैंकहरुको नाफा एक अर्ब ४६ करोड र फाइनान्सहरुको नाफा १८ करोड ३० लाख रुपैयाँ रहेको छ ।
 

थप समाचार