काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २१.३२ अंकले बढेर २६२१.२६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १७१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ७१ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब १३ करोड ६१ लाख बराबरको कारोबार भएको थियो ।
आज कुमारी बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बेनी हाइड्रोपावर प्रोजेक्ट कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९८ प्रतिशतले बढेको हो । आज सिद्धार्थ बैंक डिबेञ्चरको शेयरमूल्य ३ प्रतिशतले घटेको छ ।