काठमाडौं : करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत गत असोज १६ गतेदेखि ३१ गतेसम्मका १६ जना र एक जना बम्पर उपहार विजेता घोषणा गरिएको छ।
उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रममा १६ जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँ र एक जना बम्पर उपहार विजेताले १० लाख रुपैयाँ प्राप्त गरेका छन् ।
आज कलाकारहरु दीपकराज गिरी र दीपाश्री निरौलाले विजेता कुपनहरु घोषणा गरे। जसअनुसार १० लाख रुपैयाँको पाक्षिक बम्पर उपहार भाग्यशाली विजेताका रुपमा कुपन नम्बर ०८१६३२५१५८४९ लाई छनोट गरिएको छ।
त्यसैगरी कुपन नम्बर ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ०८२८०८९७६३७२, ०८७६५१६९००५३, ०८९६९१८५५६७०, ०८१६०२३५५६४४, ०९०५७४८२३८५०, ०७८२२४८५८६८८, ०८६६२३०९९५१५, ०९२१५६३४५१४२, ०८५२९९४४०३१२, ०८९८६५३१०७२९, ०८४०८६००४००१, ०९१०१५६२६२४९ र ०८३६८९६७६१५३ लाई एक लाख ३३ हजार ३३४ रुपैयाँको उपहारका लागि घोषणा गरिएको छ।
सरकारले बिल बिजक (भ्याट बिल) लिने-दिने संस्कृतिलाई प्रवद्र्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सुरु गरेको हो। कार्यक्रमअन्तर्गत एक सय रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्छन्।