Below Menu

सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 

सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । 

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला तीन हजार ९७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।