काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याजरजरिवाना) मा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत मंसिर २४ गतेसम्म व्यतित बीमालेखहरुमा छुट दिने भएको हो ।
कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरी १८० दिन भन्दामाथि व्यतित भएका बीमालेखहरुमा कात्तिक १० गतेदेखि मंसिर २४ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी सुचारु गरेमा नवीकरण गर्दा लाग्ने शुल्कमा छुट दिने भएको हो ।
इन्स्योरेन्सले तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ३० प्रतिशत, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेखमा २५ प्रतिशत छुट र ५ वर्षभन्दा माथिका बीमालेखमा २० प्रतिशत छुट दिने भएको हो ।
उक्त यस योजनामा समावेश भएका बीमालेखहरू पुनर्जागरणको मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको बिलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।
यसका साथै यस भन्दा पहिले विलम्ब शुल्कमा छुट लिई सकेका बीमालेखलाई यस योजनामा समावेश नगरिने समेत कम्पनीले जनाएको छ ।