Below Menu

इम्पेरिमेन्ट चार्ज घट्दा कृषि विकास बैंकको नाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार 

इम्पेरिमेन्ट चार्ज घट्दा कृषि विकास बैंकको नाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार 

काठमाडौं : कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा १० करोड ९२ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

Sponsored Advertisement

सो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८०३.७१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। 

समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा धनात्मक भएसँगै खुद नाफा बढेको हो। यसका साथै बैंकको इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफामा सुधार देखिएको हो।

असार मसान्तसम्म आइपुग्दा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले घटेर दुई अर्ब ३६ करोड २५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी ५५.७४ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ८.८६ प्रतिशत बढेको छ। 

त्यस्तै बैंकको सञ्चालन मुनाफा गत वर्षको ६ करोड ३२ लाख ३३ हजार रुपैयाँ ऋणात्मकबाट १५ करोड ६० लाख २९ हजार रुपैयाँ धनात्मक भएको छ । जसका कारण बैंकको नाफामा उल्लेख्य वृद्धि देखिएको हो । 

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको कुल वितरणयोग्य मुनाफा ७८ करोड ८० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५.५१ रुपैयाँ रहेको छ।

यस अवधिमा आइपुग्दा बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको असारसम्ममा ४.७८ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.७९ प्रतिशत पुगेको छ। बैंकको इम्पेरिमेन्ट चार्ज भने एक अर्ब ४६ करोड ३८ लाख रुपैयाँबाट घटेर एक अर्ब १५ करोड ९४ लाख रुपैयाँमा झरेको छ । जसका कारण नाफामा सुधार देखिएको हो ।

चालु आवको पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकको इपीएस २.८८ रुपैयाँ बढेर ३.०५ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ २३२.५८ रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब १७ करोड ७९ लाख रुपैयाँ सञ्चिति रहेको छ ।

 

थप समाचार