Below Menu

सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो 

सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ७० रुपैयाँले बढेको छ ।
 
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला तीन हजार ७२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Sponsored Advertisement

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार