काठमाडौं : नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडलाई नियामकीय कारबाही गरेको छ ।
बैंकले २०८३ भदौ ३ गते एकदिनका लागि दैनिक रुपमा राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम कायम नगरेको भन्दै बैंकलाई चार लाख २६ हजार ८८४ दशलमव ९९ रुपैयाँ जरिवाना गरेको हो ।