Below Menu

बाढीको मारमा कालिञ्चोक दर्शन : आम्दानी घट्दा नोक्सानी बढेर ४५ लाख ९६ हजार पुग्यो

बाढीको मारमा कालिञ्चोक दर्शन : आम्दानी घट्दा नोक्सानी बढेर ४५ लाख ९६ हजार पुग्यो

काठमाडौं : कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ४५ लाख ९६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । 

Sponsored Advertisement

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नोक्सानी थप बढेको छ । गत वर्षको सोही अवधिसम्ममा कम्पनीले ३३ लाख ८६ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । 

यस अवधिमा कम्पनीको आम्दानी घटेसँगै खुद नाफा प्रभावित भएको हो। गत वर्षको सोही अवधिमा आठ करोड ९६ लाख ९४ हजार रुपैयाँ रहेको कम्पनीको आम्दानी असोज मसान्तसम्म आइपुग्दा घटेर चार करोड ९७ लाख ७४ हजार रुपैयाँमा सिमित भएको छ। 

त्यस्तै यस अवधिमा सञ्चालन आम्दानी आठ करोड ५९ लाख ४८ हजार रुपैयाँबाट घटेर चार करोड ३२ लाख २१ हजार रुपैयाँमा झरेको पुगेको छ। साथै गत वर्ष तीन करोड १६ लाख रूपैयाँ रहेको कम्पनीको सञ्चालन मुनाफा ६३ लाख ५४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । 

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आन्तरिक तथा बाह्य पर्यटक आवागमनमा कमी आएकोले कम्पनीको आम्दानीमा गिरावट आएको कम्पनीले जनाएको छ । 

यसका साथै बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा पर्यटकहरूको आवागमन घटेसँगै केबलकार तथा अन्य व्यावसायिक गतिविधिहरू नियमित रूपमा सञ्चालन हुन नसक्दा कम्पनीको वित्तीय विवरण प्रभावित बनेको रिपोर्टमा उल्लेख छ । 

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २.९२ रूपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८.५० रुपैयाँ रहेको छ। असोज मसान्तसम्म ६३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा तथा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको छ।

थप समाचार