Below Menu

प्रतितोला तीन हजार ३०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य पनि आकासियो 

प्रतितोला तीन हजार ३०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य पनि आकासियो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २६५ रुपैयाँले बढेको छ ।

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला तीन हजार ९२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार