Below Menu

सुपरमाई हाइड्रोपावरले १८ प्रतिशत लाभांश दिने 

सुपरमाई हाइड्रोपावरले १८ प्रतिशत लाभांश दिने 

काठमाडौं : सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.४२१ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो । 

Sponsored Advertisement

कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयधनीहरुमा वितरण गरिनेछ।