Below Menu

साहस उर्जाको नाफा २१ प्रतिशतले बढ्यो, विद्युत बिक्री आम्दानी ९५ करोड ३८ लाखमाथि  

साहस उर्जाको नाफा २१ प्रतिशतले बढ्यो, विद्युत बिक्री आम्दानी ९५ करोड ३८ लाखमाथि  

काठमाडौं : साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ५९ करोड ९१ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

Sponsored Advertisement

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २१.०६ प्रतिशतले बढी हो । गत वर्ष हाइड्रोपावरले ४९ करोड ४८ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफामा सुधार देखिएको हो । साथै कम्पनीको सञ्चालन मुनाफा बढेका कारण पनि नाफामा सुधार आएको हो । 

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३.१५ प्रतिशतले बढेर ९५ करोड ३८ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी ९२ करोड ४६ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

गत वर्षको असोज मसान्तसम्म ६७ करोड ७४ लाख ७८ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन मुनाफा बढेर ७३ करोड ३४ लाख ३६ हजार रुपैयाँ पुगेको छ । जसका कारण नाफामा वृद्धि देखिएको हो। 

असोज मसान्तसम्म चार अर्ब ५७ करोड ३८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा तथा सञ्चित मुनाफा कोषमा चार अर्ब २८ करोड ५ लाख रुपैयाँ सञ्चितछ । 

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५२.४० रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ७१ पैसा रहेको भने मूल्य आम्दानी अनुपात १३.७६ गुणा रहेको छ ।

हाल कम्पनीले सोलुखुम्बु जिल्लामा रहेको ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको छ।