Below Menu

अस्ट्रेलियाका पूर्व सांसद ड्यारिल म्याग्वायरलाई तीन वर्षको जेल सजाय

अस्ट्रेलियाका पूर्व सांसद ड्यारिल म्याग्वायरलाई तीन वर्षको जेल सजाय

सिड्नी : चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन ९स्पोन्सरसिप० मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व लिबरल सांसद ड्यारिल म्याग्वायरलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।

Sponsored Advertisement

एन् एस् डब्ल्यू जिल्ला अदालतले नोभेम्बर २० मा उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो । अदालतले एक वर्षको गैरप्यारोल अवधि ९न्यूनतम जेलमा बस्नुपर्ने अवधि० तोकेको छ । अर्थात्, उनले कम्तीमा एक वर्ष जेलमा बिताउनुपर्नेछ ।

अदालतमा प्रस्तुत प्रमाणअनुसार सन् २०१३ देखि २०१५ सम्म म्याग्वायरले सांसद पदमा रहँदै चीनका १० जना नागरिकका लागि झुटा रोजगारी विवरणसहित भिसा आवेदन तयार पार्ने षड्यन्त्रमा सहयोग गरेका थिए।

अदालतमा भएको सुनुवाइका क्रममा उनले एनएसडब्लुको रिभरिना क्षेत्रका विभिन्न व्यवसायीहरूसँग सम्पर्क गरी चिनियाँ नागरिकलाई रोजगारी दिने प्रायोजनका लागि व्यवसायहरू खोज्न सहयोग गरेको खुलासा भएको थियो ।

ती व्यवसायहरूले वास्तविक रूपमा रोजगारी दिने योजना नभए पनि भिसा प्रयोजनका लागि कामदारलाई कर्मचारीका रूपमा देखाउने व्यवस्था गरिएको थियो। यस प्रक्रियामा व्यवसायीहरूलाई नगद रकमसमेत दिइएको अदालतमा प्रस्तुत प्रमाणले देखाएको थियो ।

न्यायाधीश इयान बोर्कले म्याग्वायरले उक्त योजनाको योजना निर्माण र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेको ठहर गरेका छन् ।

म्याग्वायर सन् १९९९ देखि २०१८ सम्म करिब २० वर्ष वागा वागा क्षेत्रबाट एन् एस् डब्ल्यू संसदमा प्रतिनिधित्व गरेका थिए । उनी लिबरल पार्टीका सांसद हुनुका साथै सरकार र प्रतिपक्ष दुवै समयमा संसदीय सचेतक ९ह्विप० को जिम्मेवारीमा समेत रहेका थिए ।

यसअघि उनी एन् एस् डब्ल्यूका पूर्व मुख्यमन्त्री ग्लेडिस बेरेजिक्लियनसँगको व्यक्तिगत सम्बन्धका कारण पनि चर्चामा आएका थिए । उक्त भिसा प्रकरणमा बेरेजिक्लियनको संलग्नता रहेको आरोप भने लगाइएको छैन ।

म्याग्वायरका कानुनी प्रतिनिधिले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने संकेत गरेका छन् । पुनरावेदनको प्रक्रिया चलिरहँदा जेलबाहिर बस्न पाउनुपर्ने उनको जमानत निवेदनसमेत अदालतले अस्वीकार गरेको थियो । फैसलापछि उनलाई अदालतबाटै हिरासतमा लिइएको छ ।

थप समाचार