Below Menu

सोल्टी होटलद्वारा बम्पर लाभांश घोषणा, बुक क्लोज कहिले ? 

सोल्टी होटलद्वारा बम्पर लाभांश घोषणा, बुक क्लोज कहिले ? 

काठमाडौं : सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३६.८४२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Sponsored Advertisement

होटलले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि १६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न होटलले पुस २१ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा ५२ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा बिहान १० बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि होटलले पुस १ गतेदेखि पुस २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले होटलको साधारण सभामा भाग लिन र होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

थप समाचार