काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २.२६ अंकले बढेर २६२३.५६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १६५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १११ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा तीन अर्ब ८२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोल्टी होटलको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एभरेष्ट कलर लिमिटेड कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ५.०५ प्रतिशतले बढेको हो । आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतले घटेको छ ।