Below Menu

वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्दा व्यापार घाटा साढे छ खर्बमाथि !

वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्दा व्यापार घाटा साढे छ खर्बमाथि !

काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को चार महिनामा नेपालले साढे छ खर्ब बढीको व्यापार घाटा व्यहोरेको छ । कात्तिक मसान्तसम्म नेपालले सवा नौ खर्ब रुपैयाँको वैदेशिक व्यापारमा छ खर्ब ६८ अर्ब ९५ करोड २९ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । 

Sponsored Advertisement

गत वर्षको तुलनामा व्यापार घाटा २९.६५ प्रतिशतले बढेको छ । गत वर्ष नेपालले पाँच खर्ब १५ अर्ब ९५ करोड ५४ लाख ५६ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेको छ । कात्तिक मसातसम्म नेपालले नौ खर्ब ३७ अर्ब २४ करोड ४५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत वर्ष मुलुकले सात खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले आठ खर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । कात्तिक सम्म मुलुकले आठ खर्ब तीन अर्ब नौ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको हो ।

गत वर्षको तुलनामा आयात ३१.७७ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले छ खर्ब नौ अर्ब ४५ करोड १२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

यस अवधिमा नेपालले एक खर्ब ३४ अर्ब १४ करोड ५८ लाख २२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको निर्यात व्यापार ४३.४८ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा नेपालले ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । 
 

थप समाचार