Below Menu

आजसम्म कायम शेयरधनीहरुले पाउनेछन् लक्ष्मी सनराइज बैंकको लाभांश 

आजसम्म कायम शेयरधनीहरुले पाउनेछन् लक्ष्मी सनराइज बैंकको लाभांश 

काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १४ गते, सोमबार, बुकक्लोज गर्दैछ।

Sponsored Advertisement

जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले मंसिर २५ गते २६ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।