वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मौरीको ‘गोप्य जीपीएस’ : किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
मौरीको ‘गोप्य जीपीएस’ : किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?

काठमाडौं : एउटा मौरी घारबाट निस्कन्छ । केही क्षणमै फूलसम्म पुग्छ । पराग लिएर फर्किन्छ । फेरि उड्छ । फेरि फर्किन्छ । बाहिरबाट हेर्दा यो सामान्य चक्रजस्तो लाग्छ । तर बैज्ञानिकहरुले आकाशबाट ड्रोनले उसको यात्रा पछ्याउँदा अर्कै कथा देखियो-ऊ हरेक पटक लगभग उही बाटोबाट उडिरहेको थियो । कतिपय अवस्थामा अघ...

नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास-आईटी, स्वीट्जरल्यान्डमा टेक रोडशो सम्पन्न
नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास-आईटी, स्वीट्जरल्यान्डमा टेक रोडशो सम्पन्न

ज्युरिख ; नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) को आयोजनामा तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा ‘नेपाल टेक रोडशो स्वीट्जरल्यान्ड २०२६’ सम्पन्न भएको छ । सेप्टेम्बर १६ मा स्वीट्जरल्यान्डको ज्युरिखमा आयोजित कार्यक्रममा नेपाल र स्वीट्जर...

सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने
सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने

काठमाडौं : सुत्केरी विदा ६ महिना पुर्याउनुपर्छ भनेर संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावले गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने बताइएको छ ।  महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको सुरक्षित मातृत्व अधिकार सम्बन्धि छलफल कार्यक्रममा प्रस्ताव...

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु
नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

काठमाडौं  : सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइस...

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली

काठमाडौं : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र कुन क्षेत्रमा कस्तो सहयोग आवश्यक छ भन्ने विस्तृत प्रस्तावको भने अन्तिम रूप दिन सकेको छैन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको तीनदिने भ्रमणका क्रममा पुनर्निर्माणका लागि सहयोगको प्रस्त...

नेपालमा उत्थानशील डिजिटल रूपान्तरण आवश्यक : सञ्चारमन्त्री
नेपालमा उत्थानशील डिजिटल रूपान्तरण आवश्यक : सञ्चारमन्त्री

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालले केवल डिजिटल रूपान्तरणमा केन्द्रित नभई उत्थानशील (रेजिलेन्स) डिजिटल प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । डिजिटल नेपाल कन्क्लेभ २०२६ लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले पछिल्ला विपद्का घटनाले संकटका बेला सूचना, सञ्चा...

वाणिज्य बैंकहरुले एक महिनामै कमाए साढे आठ अर्ब नाफा, नबिलको सर्वाधिक 
वाणिज्य बैंकहरुले एक महिनामै कमाए साढे आठ अर्ब नाफा, नबिलको सर्वाधिक 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा वाणिज्य बैंकहरुले साढे आठ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म बैंकहरुले आठ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ४.२३ प्रतिशतले बढी हो । गत वर्षको साउन मसा...

रुपाकोट रिसोर्टको आम्दानी ३० प्रतिशतले बढ्यो, क्षमता विस्तार गर्दै आईपीओ ल्याउने तयारी
रुपाकोट रिसोर्टको आम्दानी ३० प्रतिशतले बढ्यो, क्षमता विस्तार गर्दै आईपीओ ल्याउने तयारी

पोखरा : पोखराको रुपाकोटमा सञ्चालित रुपाकोट रिसोर्ट लिमिटेडले सञ्चालन क्षमता विस्तार गर्दै ६९ कोठा पुर्याउने योजना अघि बढाएको छ। कम्पनीले हालै थप नौ वटा कोठा सञ्चालनमा ल्याएपछि रिसोर्टको कुल क्षमता ५१ कोठा पुगेको छ। कम्पनीले ५१ कोठालाई विस्तार गरी ६९ कोठा पुर्याउनुका साथै थप रेस्टुरेन्ट निर्म...

सिटिजन्स शेयर ब्रोकरद्वारा लाभांश घोषणा, असोज २६ गते बोलायो साधारणसभा 
सिटिजन्स शेयर ब्रोकरद्वारा लाभांश घोषणा, असोज २६ गते बोलायो साधारणसभा 

काठमाडौं : सिटिजन्स शेयर ब्रोकर लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.६५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.६५ प्रतिशतका दरले हुन आउने ९३ लाख रुपैयाँ बराबरको करस...

एनआईएमबि स्टक मार्केटले ३.७५ प्रतिशत नगद लाभांश दिने 
एनआईएमबि स्टक मार्केटले ३.७५ प्रतिशत नगद लाभांश दिने 

काठमाडौं : एनआईएमबि स्टक मार्केट लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३.७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशतका दरले हुन आउने दुई करोड २५ लाख रुपैयाँ ब...

प्रतितोला दुई हजार एक सय रुपैयाँले बढ्यो सुन 
प्रतितोला दुई हजार एक सय रुपैयाँले बढ्यो सुन 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार २०...

अजम्बरी साकोसको १८औं साधारण सभा सम्पन्न, मुनाफाभन्दा सदस्य सेवामा जोड
अजम्बरी साकोसको १८औं साधारण सभा सम्पन्न, मुनाफाभन्दा सदस्य सेवामा जोड

काठमाडौं : काठमाडौं महानगरपालिका-६ बौद्धस्थित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सदस्यहरूको बाक्लो सहभागिताबीच सम्पन्न साधारण सभामा संस्थाले अतिथि तथा उद्घाटन सत्र नराखी मितव्ययी र सदस्यकेन्द्रित ढंगबाट सभा सञ्चालन गरेको हो। अध्यक्ष नुर्बु लाम...

विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक-निजी साझेदारी र एकीकृत आवास विकासमा जोड
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक-निजी साझेदारी र एकीकृत आवास विकासमा जोड

काठमाडौं : विपद्पछिको दिगो पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सार्वजनिक-निजी साझेदारी (पीपीपी) मार्फत एकीकृत आवास विकासलाई अघि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । न नेपाल चेम्बर अफ कमर्सको ७५ औं हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ एवं नेपाल जग्गा तथा आवास विकास महास...

इटहरीमा खुल्यो अल्टिमाको १०औँ आउटलेट, २० लाखको पुरस्कारदेखि ६० प्रतिशत छुटसम्म
इटहरीमा खुल्यो अल्टिमाको १०औँ आउटलेट, २० लाखको पुरस्कारदेखि ६० प्रतिशत छुटसम्म

इटहरी : नेपाली उपभोक्ता प्रविधि ब्रान्ड अल्टिमा लाइफस्टाइलले इटहरीमा आफ्नो १०औँ आधिकारिक बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । शुक्रबार इटहरीमा एक कार्यक्रमबीच कम्पनीले नयाँ बिक्री केन्द्रको उद्घाटन गरेको हो । इटहरीमा बिक्री केन्द्र सञ्चालनमा आएसँगै पूर्वी नेपालमा अल्टिमाको खुद्रा सञ्जाल थप व...

घरजग्गा कारोबारबाट भदौमा करिब चार अर्ब राजस्व संकलन
घरजग्गा कारोबारबाट भदौमा करिब चार अर्ब राजस्व संकलन

काठमाडौं : चालु आर्थिक वर्षको भदौमा देशभर भएको घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतका १५८ वटा भूमि प्रशासन (मालपोत) कार्यालय तथा स्थानीय तहले संकलन गरेको एकीकृत विवरणअनुसार घरजग्गा कारोबारबाट उक्त राजस्...

दशैँका लागि कोरला नाका हुँदै भित्रिन थाले च्याङ्ग्राः अनलाइन डेलिभरी हुने, मूल्य बढ्ने अनुमान
दशैँका लागि कोरला नाका हुँदै भित्रिन थाले च्याङ्ग्राः अनलाइन डेलिभरी हुने, मूल्य बढ्ने अनुमान

मुस्ताङ : दशैं-तिहारलाई लक्षित गर्दै चीनबाट मुस्ताङको कोरला नाका हुँदै च्याङ्ग्रा भित्रिन थालेका छन् । रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तुको प्रमुख वैकल्पिक नाकाका रूपमा कोरला विकसित भइरहेका बेला च्याङ्ग्राको आयात पनि सुरु भएको हो । कोरला नाका हुँदै खाद्यान्नलग...

कालिका लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
कालिका लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार १८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो । संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गर्दै सेयर खरिदका लागि आवेदन माग गरेको थियो ।...

शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक
शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक

काठमाडौं : थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक बोलाउँदै चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ । कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को नवौँ, दशौँ र एघारौँ वार्षिक साधा...

चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग

काठमाडौं : पूर्वी चीनको निङ्बो शहरमा सवारीसाधन निरीक्षणका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त रोबोट प्रयोग गर्न थालिएको छ । निङ्बोको सवारीसाधन व्यवस्थापन केन्द्रमा परीक्षणका रूपमा प्रयोग भइरहेको रोबोटले सवारीसाधनको बाहिरी अवस्था, मोडल र च्यासिस नम्बरलगायत विवरण स्वचालित रूपमा जाँच गर्न...

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा. वाग्ले
पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा. वाग्ले

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको सहयोगप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् । उनले विपद्पछिको पुनर्निर्माणका लागि नेपाललाई ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बत...

सुयोग्य साकोसको १९औँ साधारण सभा सम्पन्न, सदस्यलाई ५ प्रतिशत लाभांश
सुयोग्य साकोसको १९औँ साधारण सभा सम्पन्न, सदस्यलाई ५ प्रतिशत लाभांश

काठमाडौं : सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष टेकबहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुनिल के.सी. थिए। सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि के.सी.ले अहिले बोल्नेभन्दा पनि काम गरेर देखाउने समय आएको बताए। म...

भदौमा पाँच अर्ब नौ करोडको विद्युत् निर्यात
भदौमा पाँच अर्ब नौ करोडको विद्युत् निर्यात

काठमाडौं : नेपालले भदौ महिनामा ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बंगलादेशतर्फ कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात भएको हो । प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार...

नेपालमा लगानी गर्न भारतीय उद्योगी-व्यवसायीलाई अर्थमन्त्री डा. वाग्लेको आह्वान
नेपालमा लगानी गर्न भारतीय उद्योगी-व्यवसायीलाई अर्थमन्त्री डा. वाग्लेको आह्वान

नयाँ दिल्ली : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरेका छन्।  उनले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत बताए । नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फे...

नापजाँच सकिएको नौ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको नौ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले अब आफ्नो जग्गामाथिको कानुन...