वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
७० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान  
७० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान  

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ७० करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ७० करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम असार ४ गतेदेखि २०८३ असार ४ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो...

अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप
अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप

एजेन्सी : संयुक्त राज्य अमेरिकाले जेनेभामा भएको चीन–अमेरिका आर्थिक तथा व्यापार वार्तामा भएको सहमतिलाई गम्भीर रूपमा कमजोर बनाएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । अमेरिकाले धेरै भेदभावपूर्ण प्रतिवन्दहरु लगाएको चीनको आरोप छ ।  मन्त्रालयका प्रवक्ताका अनुसार एआई चिप निर्यात नियन्त्...

कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियो: गभर्नर पौडेल
कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियो: गभर्नर पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थाहरुको कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको र कुल प्रवाहित कर्जाको ठूलो हिस्सा सीमित व्यक्ति तथा समूहमा जाने गरेको बताएका छन् ।  प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘बैङ्क तथा वित्तीय सं...

विमानमा सर्प: विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ
विमानमा सर्प: विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

मुम्बई : दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा उडान भरेर आएपछि रोकिएको भारतीय भन्सार अधिकारीहरूले बताएका छन् । चवालिस वटा इन्डोनेसियाली पिट भाइपरहरू समावेश भएका सर्पहरू ‘चेक–इन ब्यागेजमा लुकाएर राखिएको’ मुम्बई भन्सारले आइतबा...

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत
विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौं :  विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ । विश्व बैंकले आज प्रेस विज्ञप्ति जारी गर्दै गत मे २९ मा बसेको विश्व बैंक निर्देशक समिति बैठकले उक्त ऋण स्वीकृत गरेको जनाएको हो । नेपालको विद्युत् वितरण प्रणाली सुधार र सिंचाई सेव...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति
सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

काठमाडौं : गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरुबीच छलफल भएको छ । विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका बेला  गृहमन्त्रालयमा दुवैपक्षबीच आज विहान छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यातायात व्यवसायी र...

बजेट अभावले रोकिए बहुवर्षीय सडक योजना
बजेट अभावले रोकिए बहुवर्षीय सडक योजना

म्याग्दी : म्याग्दीमा गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित सात वटा बहुवर्षीय सडक आयोजना निर्माण ठप्प भएको छ । बजेट अभावका कारण गत चैत महिनादेखि सडक निर्माण ठप्प भएको हो । गत वर्ष म्याग्दीमा सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखम...

हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै, राष्ट्रिय प्रसारण लाइन जोडिँदै
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै, राष्ट्रिय प्रसारण लाइन जोडिँदै

अदानचुली : यहाँको अदानचुलीगाउँपालिका–१ कुम्णामा ३३ केभि प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण हुन लागेको हो । केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो । हाल हुम्लामा दुई वटा ३३र३३ के...

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।  सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको छ ।

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा क...

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध
राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं : यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले आज बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन् । सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयर गर्ने कम्पनीले आज बिहानैबाट भाडा बढाएर मोबाइल एपमा राख्न थालेका हुन् ।   आज पनि बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्र...

ट्रेड टावरको आईपीओमा आवेदन दिने समय थपियो 
ट्रेड टावरको आईपीओमा आवेदन दिने समय थपियो 

काठमाडौं : ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा अआवेदन दिने समय थपिएको छ । कम्पनीले निष्काशन गरेको आईपीओमा भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको हो ।  कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ...

अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च, प्रतिकिलो एक हजारमा बिक्री ! 
अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च, प्रतिकिलो एक हजारमा बिक्री ! 

खोटाङ : अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ । दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो रु ७०० देखि ८०० सम्ममा खरिद गरी ग्राहकलाई रु एक हजारमा बिक्री गर्ने गरेका छन् । मूल्य महङ्गो भएपनि स्वादि...

सन्तुलित र उत्पादनलाई प्रोत्साहन गर्ने बजेट आएको परिसङ्घको ठहर
सन्तुलित र उत्पादनलाई प्रोत्साहन गर्ने बजेट आएको परिसङ्घको ठहर

काठमाडौं : नेपाल उद्योग परिसङ्घले  वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै गतिशिल अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको लगानी बढाउन सहयोग गर्ने गरी आर्थिक वर्ष २०८२/८३ को बजेट आएको टिप्पणी गरेको छ । परिसङ्घले  बजेट सन्तुलितसँगै केही क्षेत्रलाई उच्च प्राथमिकता दिएको र  आर्थिक...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज थप ७० अर्ब तान्दै
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज थप ७० अर्ब तान्दै

काठमाडौं : नेपाल राष्ट्र बैंकले साेमबार (आज) बजारबाट थप ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । जेठ १४ गते मात्र ८० अर्ब तानेको बैकले पुनः २० ...

१० महिनामा वीरगञ्ज नाकाबाट एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
१० महिनामा वीरगञ्ज नाकाबाट एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज : चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलि...

यातायात बन्द: यात्रु सास्तीमा, व्यवसायी भन्छन्, ‘दमन र ज्यादतीविरुद्धको संघर्ष हो’
यातायात बन्द: यात्रु सास्तीमा, व्यवसायी भन्छन्, ‘दमन र ज्यादतीविरुद्धको संघर्ष हो’

काठमाडौं : ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्किएका छन् । अनिश्चितकालीन यातायात बन्दको घोषणा भएसँगै विशेष गरी काठमाडौं उपत्यकामा सार्वजनिक सवारी ठप्प हुँदा यात्रुहरू गन्तव्यमा पुग्न निकै सास्ती खेपिरहेका छन् ।...

बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा
बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा

किमाथाङ्का : सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । भोटखोला–३ मा दुई वटा जलविद्युत् आयोजना बगाउँदा दुई सय ५० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।  शनिबार रातिको वर्षासँगै आएको बाढीले भोटखोला–३ स्थित...

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछ: प्रधानमन्त्री 
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछ: प्रधानमन्त्री 

जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन् । मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै उनले सिँचाइको आशामा मधेशका जनताले लामो...

मंगलबारदेखि यातायात ठप्प पार्ने व्यवसायीहरुको घोषणा
मंगलबारदेखि यातायात ठप्प पार्ने व्यवसायीहरुको घोषणा

काठमाडौं : गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले मंगलबार(भोलि)देखि यातायात सेवा ठप्प पार्ने भएका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारप...

एक सातासम्म मनसुन निष्क्रिय बन्दै
एक सातासम्म मनसुन निष्क्रिय बन्दै

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको छ । बिहीबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू(भागमा  विस्तार भएको मनसुन एक सातासम्म निष्क्रिय बन्दा वर्...

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन
राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

म्याग्दी : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको आज स्थलगत अनुगमन गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, मन्त्रालयका ऊर्जा सचिव सु...

मापदण्ड जारी भएको १० दिनपछि साकोस अभियानसँग छलफल गर्दै महासंघ
मापदण्ड जारी भएको १० दिनपछि साकोस अभियानसँग छलफल गर्दै महासंघ

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सहकारी मापदण्डका विषयमा भोली (सोमबार) बचत ऋण सहकारी अभियानसँग छलफल गर्दैछ । मापदण्ड जारी भएको १० दिनपछि महासंघले बचत ऋण अभियानसँग छलफल गर्न लागेको हो । महासंघ अध्यक्ष ओमदेवी मल्लले छलफलका लागि ११ बजे बोलाइएको जानकारी वित्तीय पोस्टलाई गराइन् । छलफलमा विषयगत...

कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो
कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो

खाँदबारी : शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका(३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ । बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललग...