Below Menu
Below Menu

आईपीओ जारी गर्दै सुम्निमा हाइड्रोपावर, बिक्री प्रबन्धकमा माछापुच्छ्र्रे क्यापिटल

आईपीओ जारी गर्दै सुम्निमा हाइड्रोपावर, बिक्री प्रबन्धकमा माछापुच्छ्र्रे क्यापिटल

काठमाडौं : सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । 

आईपीओ निष्कासनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न कम्पनीले माछापुच्छ्र्रे क्यापिटल लिमिटेडसँग कात्तिक २ गते सम्झौता गरेको छ ।

सम्झौता धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्र्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी सुम्निमा हाइड्रोपावर कम्पनीका तर्फबाट अध्यक्ष आषिश सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरको हुन् । 

सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका भएर बग्ने पिखुवा खोलाको पानीको बहाव सदुपयोग गरी ४.९ मे.वा. क्षमताको माथिल्लो पिखुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

माछापुच्छ्र्रे क्यापिटल लिमिटेड, माछापुच्छ्र्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आईरहेको छ ।  


 

Advertisment

थप समाचार