वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं : प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उ...

बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने
बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

काभ्रेपलाञ्चोक : गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भ...

एकैदिन तोलामा एक हजार ५०० रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य स्थिर 
एकैदिन तोलामा एक हजार ५०० रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...

अधिक तरलता थुप्रिएपछि बजारबाट थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक 
अधिक तरलता थुप्रिएपछि बजारबाट थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । पुस १७ गते मात्र ४० अर्ब तानेको बैकले पुनः २१ लागि ५...

सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा मनोजबाबु श्रेष्ठ निर्वाचित
नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा मनोजबाबु श्रेष्ठ निर्वाचित

काठमाडौं : देशभरका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा मनोजबाबु श्रेष्ठ निर्वाचित भएका छन्। महासंघको शनिबार सम्पन्न सातौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ९२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । अध्यक्ष...

सूर्यदर्शन सहकारी ठगी:  रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस
सूर्यदर्शन सहकारी ठगी: रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस

गण्डकी : कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ ।  शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श...

 गार्डियन माइक्रो लाइफको आईपीओ बिक्री खुला
 गार्डियन माइक्रो लाइफको आईपीओ बिक्री खुला

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँटपश्चात् कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रत...

सरकार भन्छ- सञ्चालकको कार्यकाल कार्यान्वयन हुन्छ, सहकारीकर्मी भन्छन्- सच्चिनु पर्छ
सरकार भन्छ- सञ्चालकको कार्यकाल कार्यान्वयन हुन्छ, सहकारीकर्मी भन्छन्- सच्चिनु पर्छ

काठमाडौं : सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न जारी गरेको अध्यादेश, २०८१ को दफा ४१ को उपदफा (३क) ले ‘कुनै पनि व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी अवधिको लागि निर्वाचित हुन र बहाल रहन सक्ने छैन’ भनी व्यवस्था गरेको छ । उ...

२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी आवश्यक
२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी आवश्यक

काठमाडौं : सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा ४० खर्ब बराबरको लगानी स्वदेशमै रहने छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ठूलो मात्रामा लगानी हुँदा त्यसले सकारात्म...

मुक्तिनाथ विकास बैंक १९ वर्षमा प्रवेश
मुक्तिनाथ विकास बैंक १९ वर्षमा प्रवेश

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेड अठारौं वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको शुभअवसरमा पौष १९ गते देश भरी विविध कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौं, क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ्ग, पोखरा, बुटवल र कोहलपुरमा आयोजित बृहत...

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुईको मृत्यु, १८ घाइते
क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुईको मृत्यु, १८ घाइते

लस एन्जलस : अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहीबार लस एन्जलसबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो । यसको कारण भ...

‘कूल क्षमताका १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्न निजी अस्पताललाई निर्देशन’
‘कूल क्षमताका १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्न निजी अस्पताललाई निर्देशन’

विराटनगर : कोशी प्रदेश सरकारले स्वास्थ्य उपचारका क्रममा अस्पताल आउने विपत्र, असहाय, बेवारिसे बिरामीको विवरण अभिलेखीकरण गरी प्रतिवेदन पेस गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक रुपले विपन्न एवं असहाय बिरामीको विवरणसहितको प्रतिवेदन पेस गरी कुल क्षमता...

पन्ध्र अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबीच सम्झौता
पन्ध्र अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबीच सम्झौता

काठमाडौं : सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । आज एक कार्यक्रमबीच लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरू गर्नेसम्बन्धी समझदारीपत्र (एमओयु) भएको ह...

यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको जनाएको हो । चालु आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन हुने प...

विष्णुमति करिडोरको ट्रयाक खन्न शुरु, स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश
विष्णुमति करिडोरको ट्रयाक खन्न शुरु, स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश

काठमाडौं : काठमाडौं ५ को बुढानिलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्य शुरु भएको छ । कार्यको काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरे । हाल संघीय सरकारबाट एक करोड विनियोजन गरी शुरु भएको करिडोरको कामका लागि...

चिसो बढेपछि दाउरा वितरण
चिसो बढेपछि दाउरा वितरण

टीकापुर : कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो । तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि नेपाल कम्युनिष्ट पार्टी (ए...

थाइल्याण्डका प्रधानमन्त्रीको सम्पत्ति विवरणः २० लाख डलरका ह्यान्डब्याग र ५० लाख डलरका घडी
थाइल्याण्डका प्रधानमन्त्रीको सम्पत्ति विवरणः २० लाख डलरका ह्यान्डब्याग र ५० लाख डलरका घडी

बैङ्कक : थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफुसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी...

सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौँ महानगर
सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौँ महानगर

काठमाडौं : काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) मा आधारित स्मार्ट सांस्कृतिक पर्यटनमा विकास गर्ने उद्देश्यले सामग्री उत्पादन गर्न थालेको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले ‘बाखं न्यने वा’सँगको स...

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौं : स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ । मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे...

बैंकरलाई उद्योगमन्त्रीको प्रश्न–यसअघि चर्को ब्याजमा ऋणीबाट असुलेको पैसा खोई ? 
बैंकरलाई उद्योगमन्त्रीको प्रश्न–यसअघि चर्को ब्याजमा ऋणीबाट असुलेको पैसा खोई ? 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय संस्थाहरुप्रति तीब्र असन्तुष्टि पोखेका छन् । शुक्रबार काठमाडौंमा आयोजना गरिएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले बैंकहरुले उत्पादन र रोजगारी सिर्जन...

विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति
विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति

गलकोट : विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीनवटा सडक धमाधम स्तरोन्नति भएका छन् । स्तरोन्नति भइरहेको नगरपालिकाका तीन सडकको भौतिक प्रगति ६ महिनामा २५ प्रतिशत पुगेको छ । जिल्लाकै सबैभन्दा बढी लागतमा उक्त सडक कालोपत्र हुँदैछन् ।  विश्व बैंकको अनुदानमा उक्त सडकको स्त...

साढे सात अर्बको सिक्टा सिँचाइ आयोजनाको लागत ५३ अर्ब पुग्यो, भौतिक प्रगति ४१ प्रतिशतमै सिमित
साढे सात अर्बको सिक्टा सिँचाइ आयोजनाको लागत ५३ अर्ब पुग्यो, भौतिक प्रगति ४१ प्रतिशतमै सिमित

जानकी : राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई आव २०६२/६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१/८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत...

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना 
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथ–स...