काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।