वीरगञ्ज भन्सार नाकाबाट करिब दुई खर्बको पेट्रोलियम पदार्थ आयात, ८० अर्ब ९२ करोड उठ्यो राजस्व
वीरगञ्ज : वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक खर्ब ९१ अर्ब ८८ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा आव २०८०/८१ को तुलनामा गत आवभरिमा यो नाका हुँदै मूल्यको आधार...