आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदै, अन्य कुन-कुन वस्तुमा लाग्दैछ कर ?
काठमाडौं : आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागु हुँदैछ । नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागु हुन लागेको हो ।
नयाँ आवमा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्य...