काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ बिन्दुमा बन्द भएका थियो ।
आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ...