Below Menu
Below Menu

निती शाह बनिन् रियलमीको नयाँ ब्रान्ड एम्बासडर

निती शाह बनिन् रियलमीको नयाँ ब्रान्ड एम्बासडर

काठमाडौं : स्मार्टफोन ब्रान्ड रियलमीले निती शाहलाई आफ्नो ‘ब्रान्ड एम्बासडर’ को रुपमा नियुक्त गरेको छ।

यो सँगै शाहले अब रियलमी, नार्जो र एआइओटि एवम वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन्। उनी मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन्। उनले २०१७ मा जापानमा भएको मिस इन्टरनेसनल नेपालमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘ब्रान्ड एम्बासडरको रुपमा निती शाहसँग काम गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। मानिसहरुलाई प्रभावित पार्न सक्ने उनको क्षमताले पक्कै पनि रियलमी ब्रान्डलाई अझै धेरै उपभोक्ताहरु सामु परिचित बनाउने छ भन्ने हामीले विश्वास लिएका छौँ।’

त्यस्तै गरी रियलमीकि नवनियुक्त ब्रान्ड एम्बासडर निती शाहले भनिन्, ‘रियलमी ब्रान्डको सदस्य हुन पाउँदा म एकदमै उत्साहित छु। कम्पनीको जुन डेयर टु लिप मान्यता छ, व्यक्तिगत रुपमा म आफैँ पनि यो मान्यतामा विश्वास राख्छु।

मलाई यो अवसर दिएकोमा रियलमी ब्रान्ड प्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले पक्कै पनि हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्याउनेछ।’

Advertisment

थप समाचार