काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.०५ अंकले घटेर २६२५.०५ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १२.७९ अंकले घटेर २६३६.१० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७० कम्पनीको शेयरमूल्य बढेको छ । भने १९९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब १५ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ७३ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सानिमा लार्ज क्याप फण्ड कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ३..२६ प्रतिशतले बढेको हो । आज एभरेष्ट कलर लिमिटेड कम्पनीको शेयरमूल्य ८.६३ प्रतिशतले घटेको छ ।