Below Menu
Below Menu

ग्लोबल आइएमई बैंकद्वारा ५ अर्बको ऋणपत्र बिक्री खुला

ग्लोबल आइएमई बैंकद्वारा ५ अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं : ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुल्ला गरेको छ ।   बैंकले आइतबार ५ वर्ष अवधिको ११।२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४र०८५ निष्कासन गरेको हो। 

निष्काशित कूल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने बैंकले जनाएको छ।

बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ। ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ छ। ऋणपत्र निष्कासन तथा बिक्री छिटोमा फागुन ३ र ढिलोमा फागुन १४ गतेसम्म बन्द हुने गरी समय तोकिएको छ। बैंकको ऋणपत्रअवधि ५ वर्षको छ। वार्षिक ११।२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ। 

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेडलाई जिम्मा दिइएको छ । 

Advertisment

थप समाचार