काठमाडौं : सहकारीहरुमा बचत फिर्ताको समस्या आउँदा काठमाडौं महानगरपालिका सहकारी विभागमा उजुरी बढ्दै गएको छ। तत्कालीन दायित्व भुक्तानीमा समस्या भएर केही सहकारी संस्था समस्यामा परेसँगै यसको असर समग्र क्षेत्रमै पर्दै गएको छ।
विभागमा मात्रै पछिल्लो समय विभिन्न सहकारी संस्था र सञ्चालकविरुद्ध एक सय २० भन्दा धेरै उजुरी परेको छ। यसरी परेको उजुरीमा विभागले पक्षलाई बोलाएर आवश्यक मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । तर, त्यसरी बोलाउँदा नआउने, सम्पर्कमा रहेर पनि विभागको मध्यस्ततामा चित्त नबुझाउने तथा सहमति गरेर पनि उल्लङ्घन गर्नेविरुद्ध भने कारबाही गर्न प्रहरीमा सिफारिस गर्दै आएको छ।
हासम्म विभागले ५७ सहकारी सञ्चालकको खोजी कार्यका लागि प्रहरीलाई गुहारेको छ । विभागले प्रहरीमा पठाएका सहकारीका बचतकर्ताले एक अर्ब रुपैयाँ भन्दा बढीको माग दाबी गरेका छन्।
विभागले प्रहरीमा पठाएका सहकारीको संख्या, उजुरी दिनेको संख्या र माग दाबी निम्न रहेका छन् ।


Advertisment