हुन्डाईको ग्रान्ड आई-१० नियोसको फेसलिफ्ट अर्को हप्ता नेपाल आउँदै, यस्ता छन् फिचर

हुन्डाईको ग्रान्ड आई-१० नियोसको फेसलिफ्ट अर्को हप्ता नेपाल आउँदै, यस्ता छन् फिचर

काठमाडौं : हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्रान्ड आई–१० नियोसको फेसलिफ्ट मोडल अर्को हप्ता नेपाली बजारमा ल्याउने भएको छ।

Sponsored Advertisement

कम्पनीले यो ह्याचब्याक गाडी सन् २००७ देखि बिक्री गर्दै आइरहेको छ। नियोस फेसलिफ्टको बाहिरी डिजाइनमा केही परिवर्तन गर्नुका साथै नयाँ फिचरहरु पनि थप गरिएको कम्पनीले जनाएको छ।

जसमा पुरानो नियोसमा भन्दा यसमा फ्रान्ट ग्रिल परिवर्तन गरिएको छ। कम्पनीका अनुसार यसमा एरो सेप्ड एलईडी र फक्स एयर ड्याम्सले यसलाई स्पोर्टी लुक प्रदान गरेको छ। गाडीमा एलोय ह्वील र इन्टेग्रेटेड लाइट बार पनि नयाँ डिजाइन गरिएको छ।

नयाँ मोडलमा इन्टेरियरमा ३ वटा ब्लाक र रेड, ब्लाक र ग्रिन तथा ब्लाक र ग्रे कलर विकल्प पाउन सकिने जनाएको छ ।

यो गाडीमा ६ वटा एयरब्याग छन्। यसैगरी टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल–होल्ड कन्ट्रोल पनि यसमा उपलब्ध छ। हिल–होल कन्ट्रोलले गाडी जाम वा उकालोमा हुँदा ह्यान्ड ब्रेक बिना पनि गाडी सजिलैसँग अगाडि बढाउन सकिन्छ। यसले गाडी पछाडि जानबाट बचाउने काम गर्छ।

गाडीमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल पनि छ। कम्पनीका अनुसार यसमा चालकलाई गाडी कन्ट्रोलमा राख्न मद्दत गर्ने काम गर्छ। गाडीमा क्रुज कन्ट्रोल पनि उपलब्ध छ। जसले सिधा हाइवेमा गाडी एकनासको स्पिडमा गुडिरहेको छ भने क्रुज कन्ट्रोल मोड अन गरेमा एक्सिलेटर थिच्नुपर्दैन।

भारतमा यो गाडीको मूल्य पुरानो मोडलको भन्दा ३८ हजारसम्म महँगो छ।

थप समाचार