राष्ट्र बैंकले भन्यो, ‘स्थिर ब्याजदर नै फाइदाजनक छ, सर्त बुझेर कर्जा उपयोग गरौं’

राष्ट्र बैंकले भन्यो, ‘स्थिर ब्याजदर नै फाइदाजनक छ, सर्त बुझेर कर्जा उपयोग गरौं’

काठमाडौं : नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारण र परिवर्तन हुने सर्त बुझेर मात्र कर्जा उपभोग गर्न आग्रह गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन आग्रह गरेको हो। 

Sponsored Advertisement

ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेतर्फ समेत राष्ट्र बैंकले सचेत गराएको छ। ‘निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ’ सूचनामा भनिएको छ ।

स्थिर ब्याजदरमा कर्जाको उपयोग गर्दा ब्याज रकम बढ्दैन भने निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिने समेत राष्ट्र बैंकले जनाएको छ । जसकारण निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर नपार्ने केन्द्रीय बैंकको भनाइ रहेको छ। 

थप समाचार