सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

काठमाडौं : हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै शुक्रबारबाट एकीकृत कारोबार सुरु भएको हो।

Sponsored Advertisement


एकीकरण कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले ९ महिनाको लामो छलफलपछि हिमालयन र सिभिल बैंक मर्जरमा जान सफल भएको बताए। अहिले अवस्थामा ठूला बैंक आवश्यक ठानेर मर्ज भएको सीईओ राणालेब ताए । एकीकृत भएसँगै बैंकको शाखा १ सय ८९ र २० वटा एकस्टेन्सन काउन्टर हुने छ भने कर्मचारी १ हजार ९ सय ७३ जना हुनेछन्।

हिमालयन बैंकले सिभिललाई १००:८०.२८ अनुपातमा प्राप्ति गरेको हो । मर्जरसँगै सिभिल बैंकको १०० कित्ता सेयर हुनेको हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ।

एकीकृत कारोबार भएसगै बैंकको कुल पुँजी ३४ अर्ब, कुल निक्षेप २ खर्ब ७४ अर्ब, कुल कर्जा २ खर्ब ५० अर्ब पुगेको छ।

थप समाचार