एनआईसी एशिया बैंकको फोन लोन सेवा सुरु

एनआईसी एशिया बैंकको फोन लोन सेवा सुरु

काठमाडौं : एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया फोन लोन’ सेवा शुभारम्भ गरेको छ। मोबाइल बैंकिङ एपबाट डिजिटल रूपमा कर्जा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको हो ।

Sponsored Advertisement

उक्त सेवाबाट ग्राहकले बिना कुनै कागजी प्रक्रिया, धितो एवं बैंकको शाखामा उपस्थित नभई अधिकतम् २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्नेछन्। ग्राहकले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं बक्यौता कर्जा नरहेकोलगायत अन्य केही सर्त एवं मापदण्डको आधारमा ग्राहकले यो कर्जा सेवा उपभोग गर्न सक्नेछन्।

कर्जा पाउन सक्ने मापदण्डबारे एपले नै स्वचालितरूपमा योग्यता मापन गरी प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्यौल गर्ने बैंकले जनाएको छ।

थप समाचार