Below Menu
Below Menu

बुधबारदेखि एकीकृत कारोबार गर्दै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स

बुधबारदेखि एकीकृत कारोबार गर्दै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स

काठमाडौं : सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीच एकीकरण भई बुधबारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। दुवै एक भएपछि अब सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिइसकेको छ।

बिमा प्राधिकरणले सिद्धार्थ र प्रिमियरलाई १ः१ सेयर अनुपातमा मर्ज हुन स्वीकृति दिएको हो । यो सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको हो । यस्तै, दुबै कम्पनीको पुस २९ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ ।

यता, बुधबारबाट एकीकृत कारोबार सुरु हुने भएसँगै दुवै कम्पनीको कारोबार रोक्का भएको छ । हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ।

Advertisment

थप समाचार