Below Menu
Below Menu

बैंकहरुलाई तरलता सकस कायमै, कुन बैंकको सीडी रेसियो कति?

बैंकहरुलाई तरलता सकस कायमै, कुन बैंकको सीडी रेसियो कति?

काठमाडौं : बैंकहरुलाई तरलता सकस कायमै तथ्यांकले देखाएको छ । विगत लामो समयदेखि बैंक तथा वित्तीय संस्थाहरुले तरलता समस्या भोगिरहेका छन्।

बैंकहरुमा प्रयाप्त तरलता नहुँदा सर्वसाधारणले कर्जा पाएका छैनन् भने अर्कोतिर कर्जाको ब्याजदर उच्च छ । निक्षेपमा आर्कषक ब्याजदर दिँदा पनि निक्षेप बढ्न सकेको छैन । बैंकहरुमा निक्षेप बढ्न नसक्दा अझै पनि अधिकांश बैंकहरुमा तरलता सकस कायमै छ।

राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) अझै पनि ९० प्रतिशतको हाराहारीमा छ। राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार पुष मसान्तसम्मा कुमारी बैंकको सीडी रेसियो सबैभन्दा बढी ९०.७० प्रतिशत रहेको छ।

त्यस्तै, ग्लोबल आईएमई बैंकको ८९.४१ प्रतिशत, नबिल बैंकको ८९.३६ प्रतिशत, प्राईम बैंकको ८८.८८ प्रतिशत, लक्ष्मी बैंकको को ८७.८७ प्रतिशत रहको छ । त्यसैगरी कृषि विकास बैंकको ८७.५ प्रतिशत, सिटिजन्स् बैंकको ८७.४७ प्रतिशत, सनराईज बैंकको ८७.२७ प्रतिशत, एनएमबी बैंकको ८७.२४ प्रतिशत, प्रभु बैंकको ८७.२४ र हिमालयन बैंकको ८७.११ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै एभरेष्ट ८६.९८ प्रतिशत, सानिमा बैंकको ८५.६८ प्रतिशत, सिभिल बैंकको ८५.८३ प्रतिशत, एनआईसी एशिया बैंकको ८६.९८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ८६.८१, नेपाल एसबिआई बैंकको ८४.०२, राष्ट्रिय वाणिज्य बैंकको ८१.५९ प्रतिशत, माछापुछ्रे बैंकको ८४.११ प्रतिशत, सिद्धार्थ बैंकको ८४.१६ प्रतिशत र नेपाल बैंक ८२.९१ प्रतिशत रहेको छ।

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा कम सीडी रेसियो रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो ७८.७३ प्रतिशत छ। 
 

Advertisment

थप समाचार