काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव कम २० अर्ब रुपैयाँ पठाउन लागेको छ । राष्ट्र बैंकले जारी गर्ने २० अर्बको रिपो आज बोलकबोल हुनेछ।
दिउँसो ३ बजेसमम रिपो लिन चाहने बैंक तथा वित्तीय संस्थाले बिडिङ गर्नुपर्नेछ । रिपोको समय १४ दिनको रहेको छ।
रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन्।
Advertisment