Below Menu
Below Menu

४२ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

४२ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले ४२ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राख्ने भएको छ। राष्ट्र बैंकले उपदान तथा पेन्सन कोष र अवकाश कोष अन्तर्गत सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो।

राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोषमा २४ करोड,  उपदान तथा पेन्सन कोषमा रहेको १८ करोड ५० लाख रुपैयाँ रहेको छ। उक्त कोषको रकम मध्ये कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोडमध्ये १९ करोड २० लाख वाणिज्य बैंक, ३ करोड ६० लाख राष्ट्रियस्तरका विकास बैंक र १ करोड २० लाख रुपैयाँ वित्त कम्पनीको मुद्दती निक्षेपमा राख्न लागेको जनाएको छ।

यस्तै उपदान तथा पेन्सन कोषमा रहेको १८ करोड ५० लाख मध्ये १४ करोड ८० लाख वाणिज्य बैंकमा, २ करोड ७७ लाख ५० हजार राष्ट्रियस्तरका विकास बैंक र ९२ लाख ५० हजार रुपैयाँ वित्त कम्पनीमा राख्न लागेको हो।

केन्द्रीय बैंकले उक्त रकम चैत १ गतेदेखि २०८० चैत १ सम्म १ वर्षका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । उक्त रकम राख्न चाहने बैंकले आज बेलुका ७ बजेसम्म प्रस्ताव पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

Advertisment

थप समाचार