Below Menu
Below Menu

फोर्डको नेक्स्ट जेन एभरेष्ट सार्वजनिक, मूल्य कति?

फोर्डको नेक्स्ट जेन एभरेष्ट सार्वजनिक, मूल्य कति?

काठमाडौं : नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स् प्रा.लि.ले एभरेष्टको नयाँ संस्करण सार्वजनिक गरेको छ।

नेक्स्ट जेन फोर्ड एभरेष्टमा २.० लिटरको बी-टर्बो डिजेल इन्जिनमा उपलब्ध छ। १० स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध यस एसयूभीले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्दछ।

यसमा पूर्ण चौडाइको कोस्ट-टू-कोस्ट इन्स्टुमेन्ट प्यानल, वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेकजस्ता सुविधा छन्।

नेक्स्ट जेन एभरेष्टको दोस्रो र तेस्रो पंक्तिको सीट सुरक्षित र लामो यात्राको लागि फ्ल्याट फोल्ड डिजाइन गरिएको छ। जसमा ७ जनाले सहज यात्रा गर्न सकिन्छ।

सुरक्षाको लागि यसमा ७ वटा एयर ब्याग राखिएको छ। एभरेष्टमा बाटो अनुकूलको ड्राइभ मोड रहेको छ। यसमा १२ इन्चको पोट्र्रेट टचस्क्रिन र १२.४ इन्चको डिजिटल इन्स्टुमेन्ट प्यानल छ।

फोर व्हील ड्राइभमा उपलब्ध उक्त गाडीमा रुफ रेल्स, एलइीडी हेड ल्याम्पलगायतको व्यवस्था छ। एभरेष्टको अफ-रोड स्क्रिनले सवारी साधनको जानकारी र अगाडिको दृश्य क्यामेरामा देखाउँछ।

यसको मूल्य २ करोड १७ लाख रुपैयाँ तोकिएको छ।

Advertisment

थप समाचार