काठमाडौं : नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशिल हुनसक्ने बताएको छ।
स्थिर ब्याजदर तोकिएको अवधिसम्म नबढ्ने र परिवर्तनशील ब्याजदर संस्थाको आधार दरमा आएको परिवर्तन अनुसार थपघट हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।
सूचनामा भनिएको छ, ‘एक पटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न र प्रिमियममा सुरुआती दिनमा सहुलियत दिई पुनः वृद्धि गर्ने जस्ता योजना लागू गर्न नपाईने व्यवस्था गरिएको छ।’
परिवर्तनशिल ब्याजदरमा कर्जा लिने ग्राहकले आधार दरमा भएको परिवर्तनले ब्याजदरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्नेबारे जानकारी बैंक तथा वित्तीय संस्थाबाट लिई प्रष्ट हुनुपर्ने समेत राष्ट्र बैंकले जनाएको छ।
Advertisment