एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने

एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं : एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

Sponsored Advertisement

सञ्चालक समितिको फागुन २१ गते आइतबार सम्पन्न बैठकले करसहित उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो। अघिल्लो आव २०७७र७८ बाट ५.४१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ।

थप समाचार