Below Menu
Below Menu

राष्ट्र बैंकका निर्देशकको प्रश्न- सहकारीको लगानीको प्राथमिकता प्राप्त क्षेत्र कुन हो ?

राष्ट्र बैंकका निर्देशकको प्रश्न- सहकारीको लगानीको प्राथमिकता प्राप्त क्षेत्र कुन हो ?

काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखिएको बताएका छन्। बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको सिईओ वर्कशपमा बोल्दै श्रेष्ठले अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा सहकारीलाई स्वीकार गरिएपनि त्यो व्यवहारमा नदेखिएको बताए।

अर्थतन्त्रमा सहकारीको ठ्याक्कै योगदान कति हो ? कहाँ कति सहयोग पुगेको छ ? भन्दै श्रेष्ठले प्रतिप्रश्न गरे । उत्पादनमा आत्मनिर्भर हुन सहकारीले सघाउनुपर्ने हो तर परिणाममा नदेखिएको श्रेष्ठले बताए । सहकारी संघ संस्थाहरुले समेत बैंकले जस्तै घरजग्गामा, धितोपत्र बजारमा लगानी गर्दा समस्या आएको उनको भनाई थियो ।

‘सहकारीको लगानीको प्राथमिकता प्राप्त क्षेत्र कुन हो ? सहकारीको मूल्य मान्यता बचतकर्तालाई झन् गरिब बनाउने भन्ने त होइन होला । कहाँ लगानी गर्दा सुरक्षित र अझ बढी उत्पादन मुखि हुन्छ संस्थाले त्यतातिर सोच्ने हो’, उनले भने । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको मात्र होइन सहकारीको पैसा समेत सेयर बजारमा गएको हुनसक्ने आशंका कार्यकारी निर्देशक श्रेष्ठले व्यक्त गरे । 
सोही अबसरमा श्रेष्ठले कोभिडपछिको विश्व परिदृश्य रुस र युक्रेनबीचको युद्धले निम्त्याएको आर्थिक संकटले समेत नेपाली अर्थतन्त्र समस्यामा परेको बताए । 
पोस्ट कोभिडले इकोनोमी रिकभरी भए पनि रसियायुक्रेनको युद्धले असर गरेको उनको भनाइ छ । विश्व आयात निर्यातको चेनमा प्रभाव परी नेपालको आयात घट्दा राजस्व पनि गुमेको उनले बताए । तर रेमिट्यान्स, विदेशी लगानी आउन सके अर्थतन्त्र चलायमान हुने उनले बताए । 

सोही अवसरमा श्रेष्ठले पछिल्लो समय मुलुकको वित्तीय स्थितिपमा निक्षेपको वृद्धिदर बढेको तर कर्जाको वृद्धिदर घटेको बताए । यसले सहकारी क्षेत्र समेत प्रभावित हुन पुगेको उनको भनाइ छ। 

सहकारीमार्फत कृषिजन्य उत्पादन हुन नसकेको तर ऋण लिएर घरजग्गा र सेयर मार्केटमा लगानी गर्ने परिपाटी बढेको उनले बताए । सहकारीमा स्वःनियमन नभएकाले समस्या आएकाले केहीँ ऐन ल्याएर सहकारीको अनुगमन नियमन गर्नुपर्नेमा उनले जोड दिए।  
 

Advertisment

थप समाचार