Below Menu
Below Menu

उप्रेतीको नेतृत्वमा सहकारीमा ‘बिग मर्जर’, ११ अर्बको बन्यो आइडियल यमुना

उप्रेतीको नेतृत्वमा सहकारीमा ‘बिग मर्जर’, ११ अर्बको बन्यो आइडियल यमुना

काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा रहेर सञ्चालित सात सहकारी एक आपसमा मर्ज (एकीकरण) भएका छन् । शनिबार ती संस्थाहरुले संयुक्त साधारण सभा समेत सम्पन्न गरेका छन् ।

एकीकरण भएका सहकारीहरुमा आइडियल यमुना बहुद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्था छन् । त्यस्तै तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण भएका हुन्। एकीकरण पश्चात संस्थाको नाम आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हुनेछ।

शनिबार सम्पन्न संयुक्त साधारण सभाले नयाँ तर्दथ समिति समेत गठन गरेको छ । तर्दथ समितिको अध्यक्षमा के.बी. उप्रेती चयन भएका छन् । उप्रेती यस अघि हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष थिए । त्यस्तै उपाध्यक्षमा मनोज कुमार थापा मगर चयन भएका छन् । उनी यस अघि तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष थिए । सचिवमा कुयाङ लामा चयन भएका छन् । लामा यसअघि आइडियल यमुना बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष थिए ।

त्यस्तै सदस्यहरुमा श्रवण कुमार राई, प्रकाशमान शाही, प्रजुल कुमार गुरुङ, राधादेवी राई, धन श्रेष्ठ, श्याम बहादुर तामाङ, हस्त रावत चयन भएका छन् । त्यस्तै तदर्थ लेखा समितिको संयोजकमा गोविन्द पुरी रहेका छन् । सदस्यहरुमा कुमार सिंह घिसिङ र बद्री महत रहेका छन्।

एकीकरण पश्चात संस्थाको सेयर सदस्य ५१ हजार ४ सय ८२, सेयर पुँजी ४७ करोड माथी, सेवा केन्द्र ५५, कुल बचत ८ अर्ब १८ करोड, कुल कर्जा ९ अर्ब, कुल कारोबार ११ अर्ब हुनेछ।

संस्थाको एकीकृत कारोबार सहकारी विभागको अन्तिम स्विकृतीपछि हुने जनाएको छ।
 

Advertisment

थप समाचार