Below Menu
Below Menu

वित्तीय संकटको असर बिमामा पनि देखियो, झण्डै १० हजार पोलिसी सरेण्डर 

वित्तीय संकटको असर बिमामा पनि देखियो, झण्डै १० हजार पोलिसी सरेण्डर 

काठमाडौं : वित्तीय संकटको असर बिमा कम्पनीहरुमा पनि देखिएकोछ । माघ महिनामा मात्रै ९ हजार ८ सय ३९ जनाले पोलिसी सरेण्डर (त्याग) गरेका छन् । बिमा प्राधिकरणको तथ्यांक अनुसार १८ जीवन बिमा कम्पनीको १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँबराबरको पोलिसी सरेण्डर भएको हो।

पुस महिनामा ६ हजार ७ सय ८२ जनाले ८७ करोड ४३ लाख ३० हजार रुपैयाँको सरेण्डर गरेका थिए । माघ महिनामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सका बिमितले पोलिसी त्याग भएका छन् । यस कम्पनीका २ हजार ७ सय १९ बिमितले ३८ करोड ३ लाख ६१ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन्।

राष्ट्रिय बिमा संस्थानका १ हजार ६ सय ६२ बिमितले १० करोड ८६ लाख ६५ हजार रुपैयाँ पोलिसी सरेन्डर गरेका छन् भने नेशनल लाइफ इन्स्योरेन्सका ८ सय २ बिमितले १४ करोड ७३ लाख ५९ हजार रुपैयाँको पोलिसी त्याग गरेका छन्।

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका १ हजार ५ सय ८५ बिमितले ३० करोड ४६ लाख २९ हजार, मेट लाइफ इन्स्योरेन्सका ३ सय ५४ बिमितले ३ करोड १७ लाख ८३ हजार, एसियन लाइफका १ हजार ४ सय ९३ बिमितले २१ करोड ३२ लाख ३५ हजार, गुँरास लाइफका १ सय ९६ बिमितले १ करोड ९४ लाख १३ हजार, रिलायबल लाइफका १३९ बिमितले ७० लाख ४ हजार र प्राइम लाइफका ४०२ बिमितले २ करोड २६ लाख ९४ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन्।

त्यस्तै आइएमई लाइफका ६६ बिमितले ५६ लाख ३६ हजार, युनियन लाइफका ७६ बिमितले २ करोड ३२ लाख ४० हजार, सन नेपाल लाइफका ४४ बिमितले १ करोड २ लाख ४० हजार रुपैयाँ, रिलायन्स लाइफका ६५ बिमितले ९९ लाख ४२ हजार र सिटिजन लाइफका ७८ बिमितले ६५ लाख ७८ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन्।

प्राधिकरण अनुसार सानिमा लाइफका २८ बिमितले ४५ लाख ८३ हजार, प्रभु लाइफका ३० बिमितले ६२ लाख ६६ हजार, महालक्ष्मी लाइफका ३९ बिमितले ५० लाख २४ हजार र सूर्यज्योति लाइफका ६१ बिमितले २ करोड ११ लाख १० हजार रुपैयाँको बिमा पोलिसी त्याग गरेका छन्।

Advertisment

थप समाचार