Below Menu
Below Menu

ऋण तिर्दैनौं भनेका छैनौं, ब्याज तिर्न सक्ने अवस्था भएन : उपाध्यक्ष श्रेष्ठ

ऋण तिर्दैनौं भनेका छैनौं,  ब्याज तिर्न सक्ने अवस्था भएन : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं : नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरुले ऋण नतिर्ने नभनेको बताएका छन् । तर चर्को ब्याजदर घटाउनु पर्ने बताएका छन्।

मंगलबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय मार्ग भाटभटेनीमा आयोजित विरोध प्रर्दशनमा उनले बढ्दो व्याज धान्नै नसकेर व्यवसायी पिडित भएको दुखेसो गरे । उनले भने,  ‘बैंक तथा वित्तिय समस्याले व्यवसायीहरु पिडित छन् । बढ्दो व्याज व्यवसायीहरुले धान्नै सकेनन्। अहिले लिलामीको सुचनाहरु निस्कीरहेको छ । हामीले व्याज र ऋण तिर्दीन भनेका छैनौं । ब्याज तिर्न सक्ने अवस्था भएन। त्यसैले बढ्दो व्याजदर घटाउनु पर्यो भन्ने मात्र हाम्रो माग हो ।’

बैंक तथा वित्तीय समस्या संघर्ष समिति नेपालले आयोजना गरेको प्रर्दशनमा विभिन्न उद्योगी तथा व्यवसायी सहभागि थिए । समितिले बैंक तथा वित्तीय समस्या समाधानको माग गर्दै विरोध प्रर्दशन गर्दै आएको छ।

Advertisment

थप समाचार