काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक सय सहकारी संस्थाका चल अचल सम्पत्ति रोक्का गरेको छ।
सहकारी मूल्य, मान्यता विपरित कार्य गर्ने एक सय सहकारी संस्थाका चल अचल सम्पत्ति रोक्का गरेको मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले जानकारी दिए। त्यस्तै मन्त्रालयले एक हजार भन्दा बढी श्रेस्ताहरुको अनुसन्धान गरिरहेको समेत सचिव रेग्मीले बताए।
त्यस्तै मूल्य, मान्यता विपरित कार्य गर्ने सहकारीका संचालकहरुको राहदानी र बैंक खाता रोक्का समेत गरेको छ । राहदानी र बैंक खाता रोक्का गरी बचत कर्ताहरुको बचत फिर्ता गर्ने व्यवस्था मिलाएको समेत मन्त्रालयले जनाएको छ।
पछिल्लो समय सहकारी संस्थाहरुले बचत रकम फिर्ता नदिएको भन्दै उजुरी बढेको छ । उजुरी बढेपछि मन्त्रालयले यस्तो एक्सन लिएको हो ।
Advertisment