कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कलेजका विद्यार्थीसँग अन्तरक्रिया गरेको छ।
ग्लोबल मनी विकको साप्ताहिक कार्यक्रम बमोजिमको चौथो दिन संस्थाले विद्यार्थीसँग वित्तीय साक्षरता सम्बन्धमा अन्तरक्रिया गर्नुका साथै सहकारीबाट प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराएको हो।
संस्थाको प्रधान कार्यालयमा कालिका माध्यामिक विद्यालय रामबजारमा कक्षा ११ मा अध्ययनरत विधार्थीसँग अन्तरक्रिया गरेको छ। कार्यक्रमको सहजिकरण संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले गरेका थिए।

त्यस्तै संस्थाको सेवा केन्द्र दुलेगौंडा तनहुँमा बाल विधा मन्दिर मा.वि.मा कक्षा ११ मा अध्ययनरत विधार्थीसँग अन्तरक्रिया गरेको छ। उक्त कार्यक्रमलाई संस्थाका सञ्चालक एक बहादु गुरुङ्ग र मूख्य प्रबन्धक मीलन ढकालले सहजिकरण गरेका थिए।
संस्थाले ग्लोबल मनी विक (चैत्र ६ देखि १२ गतेसम्म) अन्तर्गत युवा विधार्थी लक्षित वित्तीय साक्षरता र सहकारी सचेतनाका सन्दर्भमा साप्ताहिक कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ।
Advertisment