काठमाडौं : एनएमबि बैंकले ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ। प्रति कित्ता १ हजार रुपैयाँका दरले ४० लाख कित्ता ऋणपत्र १० वर्ष अवधिका लागि निष्कासन गर्न लागेको हो।
जसमा २४ लाख कित्ता बैंक आफैले बिक्री गर्ने छ भने बाँकी १६ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गरेको छ । जसबाट ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएकोमा ४५ हजार कित्ता बाँडफाँट गरिएको छ । यसबाट १०.७५ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ।
बैंकको ‘एनएमबि डिबेन्चर १०.७५%-२०८९/९०’ जारी गर्न लागेको हो । यसमा चैत २४ गतेसम्म आवेदन दिन पाइनेछ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १६ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
Advertisment