१५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत

१५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत

काठमाडौं : विश्व बैंकले नेपालको विद्यालय शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रम कार्यान्वयनका लागि १२ करोड अमेरिकी डलर अर्थात् १५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत गरेको छ।

Sponsored Advertisement

अमेरिकाको वाशिङट्नमा बसेको विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि १२ करोड डलर आर्थिक सहायता स्वीकृत गरेको हो। विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम सञ्चालन विद्यालय शिक्षा क्षेत्रका कार्यक्रमहरूमा आधारित छ । यसले स्थानीयस्तरमा विशेष गरेर गणित र अंङ्ग्रेजी विषयका शिक्षकको सीप विकास, विद्यालयको भौतिक पूर्वाधार सुधारलगायतका काम गरेर शिक्षालाई गुणस्तरीय बनाउने लक्ष्य लिएको छ ।

नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्भोसले गुणस्तरीय शिक्षामा लगानी गर्नु मानव पुँजीको विकासका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै यो आर्थिक सहायताले नेपाल सरकारको लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउने बताएका छन्।

थप समाचार